४ पुस २०८२, शुक्रबार | December 19, 2025

भदौमा टर्‍यो कांग्रेस महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ ।

निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ। भदौमा महाधिवेशन हुँदैन ।

आयोगका पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ ।’ कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए । ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ’, उनले भने । कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको थियो ।

तर अब एक महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन। उक्त विषय टुंगो लगाउन बिहीबार पाँच दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी गर्यो । सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका एकएक निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी छ ।

कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन गरेर बिहीबार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ४४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ