२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कोभिड बिरुद्ध सचेतना जगाउदै रोटरी डाउनटाउन



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले कोभिड १९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लबको अगुवाईमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो । मानिसहरु हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए ।

सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम गरिएको उनले बताए । कोभिड रोक्ने उपाय भनेकै मास्क लगाउने, हात धुने र दुरि कायम गर्नु बाहेक विकल्प नरहेकाले पनि यसलाई पालना गर्नुपर्ने उनले बताए । विभिन्न स्लोगन लेखिएका प्लेकार्ड सहित माईकिङ सहित मास्क र सेनिटाईजर वितरण गरि कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र सिह थापाले औपचारिक उद्घाटन गरेका थिए ।शहरी क्षेत्रमा नागरिकहरुबाट लापरवाही बढिरहेको भन्दै यसले संक्रमणको दर बढाउने डर रहेको उनले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरिक्षक मदन कुवर, क्लबका एसाईन एजी नारायण पन्थ, एजी जीवन अधिकारी, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, भिमराज श्रेष्ठ, सचिव बाबुराम बन्जाडेले आफू सुरक्षित भए समाज र देश सुरक्षा हुने दाबी गरे । क्लबमा युवाहरु गोलपार्क, मिलनचोक ट्राफिक चोक लगायत क्षेत्रमा माईकिङ र मास्क बितरण गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ३१ बजे

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा