२२ माघ २०८२, बिहिबार | February 5, 2026

नेपालसँगको विवाद आज वारपार



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, भोलि बस्ने ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले एक छुट्टै प्रसंगमा नेता नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि स्वीकार्य नहुने बताएका थिए ।

एमालेको विधानले त्यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले यसअघि विवाद समाधानका लागि बनेको कार्यदलबाट पारित १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताए ।

हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ,” उनले भने, त्यसरी जाँदा विद्यमान विधान र नियमावलीमा के छ ? त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २१ बजे

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।