२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोना कहर: धमाधम बन्द हुँदै सिनेमा हल



काठमाडौं । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।

‘कोरोना भाइरस महामारीका कारण चलचित्र क्षेत्रमा गतिविधि ठप्प भइरहेको अवस्थामा हल बन्द गरेर राख्नुको सट्टा भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउनु उत्तम होला,’ उनले भने, ‘तत्काल पुरानो शैलीको सिद्धार्थ हल भत्काउने सम्झौता गरिसकेका छौं। साउनको अन्तिम साताबाट हल भत्काइनेछ।’

२०४९ सालमा बौद्धमा रहेको दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको सिद्धार्थ हल चार सय सिट क्षमताको छ। अधिकांश नेपाली फिल्म रिलिज हुने यो हल राजधानीको पूर्वी भेगमा चर्चित रहेको छ। ‘कोरोना भाइरस महामारीपछि फिल्म हल सञ्चालनमा आउँदा फिल्मकर्मीले फिल्म रिलिज गर्न चाहेनन्,’ उनले भने, ‘जसका कारण बाध्य भएर धमाधम फिल्म हल बन्द गर्नुपरेको छ। तत्काल फिल्म हल खुल्ने छाँट नदेखिएपछि हल भत्काउनु उत्तमजस्तो लाग्यो।’ उनले सिद्धार्थ हलको जग्गालाई मासिक डेढ लाख भाडा तिरिरहेको बताए। डेढ दर्जन कर्मचारी रहेको सो हलको मासिक खर्च तीन लाख रुपैयाँ रहेको छ । सिद्धार्थ हल भत्काएपछि निर्माण हुने नयाँ भवनमा हल राख्ने वा नराख्नेबारे टुंगो लागिसकेको छैन।

सिद्धार्थ हल भत्काएलगत्तै राजधानीको कोटेश्वरमा रहेको पुष्पाञ्जली हलसमेत भत्काइने उनले बताए। उनले थपे, ‘अहिले हल बन्द गर्नुको विकल्प छैन । कोरोना भाइरस महामारीको जटिल अवस्था रह्यो भने ९० प्रतिशत पुराना हल सधैंका लागि बन्द हुन्छन्।’कोरोना भाइरसका कारण राजधानीका जय नेपाल, कुमारी, र गोपीकृष्णजस्ता हल पनि बन्द भएका छन्। क्युएफएक्सले घाटा बेहोर्न थालेपछि जय नेपाल र कुमारी हल सञ्चालन गरिएका थिए । याे समाचार आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २५ बजे

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।