२ पुस २०८२, बुधबार | December 17, 2025

बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते



बागलुङ । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका-१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् ।

घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट-१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ४४ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको