२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बैठक जारी छ ।

मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भैरहेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भैरहेको हो ।

यसअघि बसेको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको विषयमा शीर्ष नेतृत्वले टुंग्याउने निर्णय गरेको थियो ।

शीर्ष नेताहरुको बैठक बस्नुपूर्व आजै गठबन्धनको कार्यदलको बैठक बालुवाटारमै बसेको थियो । सो बैठकले सरकार संचालनको न्यूनतम साझा नीति तथा कार्यक्रमको ड्राफ्ट तयार पारेको छ ।

 

 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : १७ बजे

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण