३ पुस २०८२, बिहिबार | December 19, 2025

जेठयता मनसुनजन्य विपद्ले ६६ जनाको मृत्यु, ४० जना बेपत्ता



काठमाडौं । यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी गराएअनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्कीलगायतका ५५ जिल्ला प्रभावित भएका छन् । खाँणका अनुसार विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरूपमा र १ सय ६२ घर आंशिक रूपमा क्षति भएको छ ।

गत १ असारमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, यांग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ वटा झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्कसमा क्षति पुगेको छ ।

आइतबार बिहानैदेखि मेलम्ची नदीमा बाढी आउँदा अझै जनजीवन त्रासमा रहेको छ । जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा १६ र १७ साउनमा फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुंगे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

आइतबारको बाढीले हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सो स्थानमा जानका लागि वैकल्पिक बाटोका रूपमा काठमाडौं, सुन्दरीजल, पाटी भन्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले सभालाई जानकारी गराए । विगतका वर्षको तुलनामा यस वर्ष वढी वर्षा हुने पूर्वानुमान गरिएको थियो । बाढी पहिरोको कारण र रोकथामका लागि सरकारले सचेत भएर काम गरिरहेको उनले जानकारी दिए ।

बाढीको कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भ विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थापन पुल्चोकका विज्ञको टोली अवलोकनका लागि गएको थियो । उनीहरूले वर्षा नभए पनि बाढी आउने क्रम नरोकिएको र सुख्खा पहिरो बगिरहेकाले जोखिम अझ बढ्न सक्ने औंल्याएका छन् । सरकारले रोकथामका लागि सबै शक्ति प्रयोग गरिरहेको मन्त्री खाँणले जानकारी गराए । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ५६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको