१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

जेठयता मनसुनजन्य विपद्ले ६६ जनाको मृत्यु, ४० जना बेपत्ता



काठमाडौं । यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी गराएअनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्कीलगायतका ५५ जिल्ला प्रभावित भएका छन् । खाँणका अनुसार विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरूपमा र १ सय ६२ घर आंशिक रूपमा क्षति भएको छ ।

गत १ असारमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, यांग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ वटा झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्कसमा क्षति पुगेको छ ।

आइतबार बिहानैदेखि मेलम्ची नदीमा बाढी आउँदा अझै जनजीवन त्रासमा रहेको छ । जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा १६ र १७ साउनमा फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुंगे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

आइतबारको बाढीले हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सो स्थानमा जानका लागि वैकल्पिक बाटोका रूपमा काठमाडौं, सुन्दरीजल, पाटी भन्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले सभालाई जानकारी गराए । विगतका वर्षको तुलनामा यस वर्ष वढी वर्षा हुने पूर्वानुमान गरिएको थियो । बाढी पहिरोको कारण र रोकथामका लागि सरकारले सचेत भएर काम गरिरहेको उनले जानकारी दिए ।

बाढीको कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भ विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थापन पुल्चोकका विज्ञको टोली अवलोकनका लागि गएको थियो । उनीहरूले वर्षा नभए पनि बाढी आउने क्रम नरोकिएको र सुख्खा पहिरो बगिरहेकाले जोखिम अझ बढ्न सक्ने औंल्याएका छन् । सरकारले रोकथामका लागि सबै शक्ति प्रयोग गरिरहेको मन्त्री खाँणले जानकारी गराए । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ५६ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,