३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

सदनलाई गृहमन्त्रीको जवाफ – दार्चुला घटनाबारे छानविन समितिको प्रतिवेदन नै सरकारको अडान



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे १० दिनभित्र प्रतिवेदन आउने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै गृहमन्त्री खाँडले घटनाबारे जानकारी गराउँदै छानविन समितिको प्रतिवेदन १० दिनभित्र आउने बताएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति बनाएको उनले बताए । समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहकायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको उनले जानकारी दिए ।

मन्त्री खाँडले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको जानकारी गराए । उनले सो टोलीले घटनास्थलमा पुगेर अध्ययन गर्नुका साथै जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेकाहरु र पारी रहेकाहरुसँगे भेटेर सत्यतथ्य बुझ्ने बताए ।

गृहमन्त्री खाँडले नरेन्द्रसिंह धामी लगायत ३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको सदनलाई जानकारी गराए । उनले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको बताए ।

गृहमन्त्री खाँडले छानविन समितिले सत्यतथ्य पत्ता लगाएर जे ठहर गर्छ, त्यसमा सरकारले दृढतापूर्वक अडान लिने बताए । तर, गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेपछि एमाले सांसदहरुले पुनः आपत्ति जनाएका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ५५ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख