१४ चैत्र २०८२, शनिबार | March 28, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको मंगलबार बसेको बैठकले साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।

पछिल्लो समय जारी निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदैछ । साबिककै निर्णयहरूलाई कडाइका साथ पालना गर्ने गरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको काठमाडौंका जिल्ला प्रमुख अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरीलगायत सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

शैक्षिक संस्थाहरूमा पनि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ । थपिएको निषेधाज्ञामा पनि यसलाई निरन्तरता दिइएको छ ।

पहिलाकै अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न अनुमति दिइएको छ ।

आदेशअनुसार रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

मंगलबार मात्रै काठमाडौं प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : २९ बजे

ओली लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई