२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

पत्रकारलाई आचारसंहिता पालना गराउन र प्रेसको दुरुपयोग रोक्न पत्रकार महासंघलाई दिए अगुवाहरुले सुझाव



बुटवल । पत्रकार आचारसंहिता कडाईका साथ कार्यान्वन गर्दै पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितता गर्दै पत्रकारलाई आचारसंहिता पालना गराउन आवश्यक रहेको समेत बताएका छन् । नेपाल पत्रकार महासंघ, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको आगामी कार्यदिशा केन्द्रित छलफल कार्यक्रममा बोल्दै अगुवा पत्रकारहरुले आचारसंहिता कार्यान्वयन गर्दै पत्रकारका नाममा भइरहेको प्रेसको दुरूपयोग रोक्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघले रुपन्देहीको पत्रकारिताको इतिहास खोतलेर अनुसन्धान गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको गरिमा उँचो बनाउने गरि काम गर्ने सवालमा सदैव आफु महासंघको साथमा रहने प्रतिबद्धता ब्यक्त गरे ।

महासंघका पूर्व अध्यक्ष विनोद पहाडीले पत्रकारहरुको क्षमता अभिवृद्धी र पेशागत सुरक्षामा पत्रकार महासंघ केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै पूर्व अध्यक्ष हरि लम्सालले पत्रकारिता पेशालाई सम्मानित बनाउन आचारसंहिता कार्यान्वन गर्न महासंघले पहल कदमी लिनुपर्ने बताए । उनले पत्रकारिता पेशाको गरिमा र मर्यादा कायम राख्ने गरि काम गर्न महासंघको नेतृत्वलाई सुझाव दिए ।

महासंघका सल्लाहकार दिनेश पाण्डेले पत्रकारितालाई सवल र सुधृढ बनाउन पत्रकारहरुमा सुद्धिकरण जुरुरी रहेको बताए ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले पत्रकार आचारसंहिता पालना गराउन नियमित प्रशिक्षण आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न दल आवद्ध पत्रकार संगठनका जिल्ला नेतृत्व तथा पेशागत संगठनका प्रमुखहरुले पत्रकारको मर्यादा र महत्वका बिषयमा सुझाव दिएका थिए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वास ढकालले स्वागत गरेका थिए भने महिला उपाध्यक्ष अमृता अनमोलले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १९ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’