१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जसपा आधिकारिकता विवादमा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताको निर्णय विरुद्ध विरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर सो निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

बुधबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको हो ।

तर, ठाकुरले विपक्षी बनाएका उपेन्द्र यादव र निर्वाचन आयोगलाई सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको छ । ठाकुरको माग अनुसार गर्नु नपर्ने हो भने कारण र आधार खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेश गर्न दुवै विपक्षीलाई सर्वोच्चले भनेको छ । यस्तै जसपाको विवादसँग जोडिएका अन्य मुद्दालाई पनि सँगै राखेर पेश गर्न इजलासले आदेश दिएको छ ।

निर्वाचन आयोगले यही साउन ११ गते जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हेड काउन्ट गरेर हस्ताक्षर सनाखत गरेपछि उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेको थियो । आयोगको निर्णयले आफुहरुलाई अपुरणीय क्षति भएको भन्दै ठाकुरले वारेसमार्फत सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ५२ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको