२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एमालेको नेपाल-खनाल पक्षीय केन्द्रीय कमिटी बैठक बस्दै, सहभागी नहुन संस्थापनको चेतावनी



काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो ।

नेपाल-खनाल पक्षका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनले जानकारी दिए ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल-खनाल पक्षलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल-खनाल पक्षलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत भएको छैन ।

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता माधव कुमार नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने यसको विरोध गरेको छ । पार्टी विभाजन गर्न खोजेको भन्दै बैठकमा नजान केन्द्रीय सदस्यलाई अपील गरेको छ ।
‘एमाले केन्द्रीय कार्यालयले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी आज बैठक नभएको जनाएका छन् । नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु ।’

नेपाल पक्षले भने पार्टी एकताका लागि नै बैठक डाँकिएको जनाएको छ । कसरी अगाडि बढ्ने र एमालेलाई कसरी मजदुत बनाएर लग्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेपाल पक्षको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : १० बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन