२० मंसिर २०८२, शनिबार | December 6, 2025

विमला वलीलाई अपहरण गरेको आरोप एमालेद्वारा खारेज, वली एमालेकै सांसद भएको दाबी



बुटवल । नेकपा एमालेले सांसद विमला वली खत्रीलाई अपरहण गरेको भन्ने आरोपलाई खारेज गरेको छ ।

सांसद वलीले पत्रकार सम्मेलन गरेर आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाए लगत्तै एमालेले पनि पत्रकार सम्मेलन गरेर नै अपरहणको आरोप गलत भएको स्पष्टीकरण दिएको हो ।

एमाले प्रदेशसभा संसदीय दलका मुख्य सचेतक भुमिश्वर ढकालले वली आफैले मुख्यमन्त्रीसँग भेट गर्ने इच्छा व्यक्त गरेपछि सँगै लिएर आएको बताए ।

ढकालले वली नेकपाबाट चुनाव लडे पनि पृष्ठभूमि र पार्टी विभाजन पछि संसदीय दल र दाङ जिल्ला कमिटी बैठकमा सहभागी भएका कारण उनी एमालेकै सांसद भएको दाबी गरे । एमाले सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टी केन्द्रको स्पष्टीकरण लिएर उनको घरमा पुगेको ढकालले बताए । ढकालले भने, अमिलियाबाट बुटवलसम्म आईपुग्दा विमला राजिखुसी नै देखिएको बताए ।

ढकालले भने, ‘मुख्यमन्त्रीसँग कुरा भए लगत्तै आफैले एमाले बन्न तयार हुनुभयो । उहाँलाई बाहिर बस्ने ब्यवस्था मिलाईएको थियो । तर उहाँले म मेरो अभिभावकसँगै बस्छु भनेपछि त्यहीँ बस्न दिईएको हो ।’ विमला आफैले एमालेमा रहेको भन्दै विज्ञप्ति जारी गरेको बताउँदै ढकालले माननीय जस्तो मान्छेले बिरामी छु रेष्ट गर्छु भनेपछि त्यस दिन प्रेस मिट नगरिएको बताए । उनले भने, ‘माननीयय जस्तो मान्छेलाई जबर्जस्ती प्रेस मिट गराउन सकिएन नि !’

ढकालले विमलासँगै सरस्वती गौतमलाई पनि साथी बस्न राखेको कुरालाई स्वीकार गरे । ढकालले जे भयो सबै उहाँकै ईच्छामा र सहमति गरिएको दाबी गरे । अब अध्यक्ष केपी ओलीको स्पष्टीकरणको उत्तरमा एमालेमै छु भनेर उत्तर दिएकोले कारवाही नगरिएको बताउँदै उनले अब पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ३३ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास