२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

लुम्बिनी प्रदेशकी सांसद विमला वली माओवादी केन्द्रको सम्पर्कमा



बुटवल । दुई दिन अघि मात्र एमालेमा फर्किएकी भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली खत्री माओवादी केन्द्रकै सम्पर्कमा पुगेकी छिन् ।

पार्टीको सम्पर्कमा आएकी वलीले आफुलाई मुख्यमन्त्री निवासमा राखिएको बताएको माओवादी केन्द्रका एक जिम्मेवार नेताले खबरकुरालाई बताएका छन् । ती नेताका अनुसार वलीले सामान्य चप्पलसहित आफु मुख्यमन्त्री निवासबाट बाहिरिएको बताएको जनाएका छन् । ‘उहाँ संसदीय दलको सम्पर्कमा आउनुभएको छ । निकै तनाबको अवस्थामा देखिनुभएको छ । भोलिसम्म पत्रकार सम्मेलन गरेर आफ्नो अवस्थाबारे बताउनुहुनेछ’, ती नेताले बताए ।

एकसातादेखि दाङबाट पार्टीको सम्पर्कबाट बाहिरिएकी खत्री उपचारका लागि नेपालगन्जमा रहेको अवस्थामा सम्पर्कमा आएकी थिइन् । तर, दुई दिन अघि मात्र विमलाको नाममा विज्ञप्ति प्रकाशित भएको थियो । सो विज्ञप्तिमा उनले आफु सूर्य चिन्हबाट चुनाव लडेका कारण कानूनी रुपमा पनि माओवादी केन्द्रका सांसद बन्न नमिल्ने उल्लेख गर्दै एमालेमै रहेको जनाइएको थियो । पार्टीभित्र केही गुनासा भएपनि ती गुनासालाई पार्टी कमिटीमै बसेर समाधान गर्ने सो विज्ञप्तिमा जनाइएको थियो ।

माओवादी केन्द्रले भने विमला वलीलाई एमालेले अपहरण गरेको आरोप लगाउँदै उनको अवस्था सार्वजनिक गर्न माग गरेको थियो । माओवादी केन्द्रका नेताहरुले वली एमालेमा फर्केको भए पत्रकार सम्मेलन गरेर नै फर्किएको जानकारी गराउन सक्ने बताएका थिए ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वली दाङ क्षेत्र नं. ३ (ख)बाट विजयी भएकी थिइन । आफ्ना पति उत्तरकुमार वलीको निधनपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । तर, नेकपा खारेज भएर पूर्ववत पार्टी नेकपा एमाले र नेकपा माओावदी केन्द्र बनेपछि वलीले गत चैतदेखि माओवादी केन्द्र रोजेकी थिइन ।

नेकपा खारेज भएपछि निर्वाचन आयोगले सो पार्टीको नामबाट सूर्य चिन्ह लिएर निर्वाचन लडेर विजयी बनेकाहरुलाई एकपटक पार्टी रोज्न पाउने सुविधा दिएको थियो । नेकपाको नामबाट राष्ट्रिय सभामा १८ जना उम्मेदवार विजयी बनेका थिए भने प्रतिनिधिसभामा कास्कीबाट विद्या भट्टराई निर्वाचित भएकी थिइन ।

तर, नेकपा एमालेले भने वली सूर्य चिन्हबाट विजयी भएका कारण उनी एमालेकै सांसद भएको जिकिर गर्दै आएको छ ।

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनले मंगलबार मात्र अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव अघि बढेमा गठबन्धनलाई वलीसहितको संख्याले सहज बहुमत पुग्ने देखिन्छ । विमला वली एमालेमै रहेको अवस्थामा भने मुख्यमन्त्री पोखरेल र गठबन्धन दुवै पक्षले बहुमत पुर्याउन सक्ने अवस्था थिएन ।

प्रदेशसभामा एमालेका ३८ सांसद रहेका छन् । विपक्षी गठबन्धनसँग वलीको मतलाई समेत गन्दा अब ४१ पुगेको छ । प्रदेशसभाका सभामुख पनि गठबन्धनलाई नै समर्थन गर्छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  २ : ३२ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम