२० असार २०८३, शनिबार | July 4, 2026

सांसद विमला वलीको साविती बयान : मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, भूमिश्वर ढकाल र मानबहादुर रावतले दबाब दिए



बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली खत्रीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको खुलासा गरेकी छिन् ।

बुटवलमा आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले बुटवलस्थित मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफुलाई साउन १५ गतेदेखि हिजोसम्म बन्धक बनाइएको खुलासा गरेकी हुन् ।

तीन दिन अघि मात्र एमालेमा वलीको नाममा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै एमालेमा फर्किएको कुरा सार्वजनिक गरिएको थियो । तर, पत्रकार सम्मेलनमार्फत साविती बयान दिएकी सांसद वलीले आफु नेकपा माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी छिन् ।

वलीले आफु दाङमा भएको बेलामा नेपालगन्ज माइती जाने भन्दै सँगै लगेर एमालेका मानिसले पूर्वपश्चिम राजमार्गको अमिलिया भन्नेस्थानबाट बुटवलतर्फ लगेको बताइन । आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको बताउँदै वलीले मुख्यमन्त्री निवसमा सरस्वती गौतम र कमला विकसँग सँगै राखिएको बताइन ।

तर, अमिलियाबाट बुटवल फर्काउँदै नै आफु अपहरणमा परेको थाहा पाएको बताउँदै वलीले मुख्यमन्त्री निवासबाट बाहिरिने उपायको खोजीमा रहेको बताइन । हिजो आफुलाई राखिएको कोठामा गौतम र विक केहीबेर नभएको मौका पारी निवासको तल्लो तलासम्म खाली खुट्टा र त्यसपछि बाथरूमको चप्पल लगाएर बाहिरिएको जानकारी गराइन । आफ्नो चप्पल लगाउँदा भर्याङ्मा आवाज आउला भनेर खाली खुट्टा तल्लो तलासम्म ओर्लिएको उनले बताइन । त्यसपछि कानमा मोवाइल हालेर कुरा गरेजस्तै गरेर बाहिर निस्कँदा सुरक्षाकर्मीले वास्ता नगरेको उनले बताइन ।

वलीले आफुलाई जवरजस्र्त एमाले बन्न दबाब दिएको पनि खुलासा गरिन । दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित वलीले आफु दाङमै भएको बेलामा एमालेका सांसद भुमिश्वर ढकाल र मानबहादुर रावतले दवाव दिएको आरोप लगाइन । वलीका अनुसार मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरौं भनेर लगेका उनीहरुले माईन्युटमा हस्ताक्षर गरेर मात्र छाडिने कुरा गरेका थिए ।

आफुलाई नेपालगन्ज सँगै जाने भनेर यौटै गाडीमा लगे पनि पूर्वपश्चिम राजमार्गको अमिलिया पुर्याएर नेपालगन्ज नगली बुटवल ल्याइएको उनले स्पष्ट पारिन् ।

 

 

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : ३४ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि