३ पुस २०८२, बिहिबार | December 18, 2025

‘भदौ २३ पछि नेपाली कांग्रेसको वैधानिकता समाप्त’



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् ।

‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनैपर्छ, नगर्ने हो भने २३ भदौपछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ,’ बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, ‘त्यो मितिभित्रै जसरी पनि महाधिवेशन गरौं ।’ कांग्रेसभित्र हाल महाधिवेशन विषय क्रियाशील सदस्यतामा आएर अड्किएको छ ।

पुराना क्रियाशील सदस्यता विषय टुंगिए पनि नयाँका हकमा भने ६ जिल्लामा धेरै विवाद देखिएको छ । बारा र सप्तरी, धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा विवाद छ । पौडेल पक्षले ती जिल्लामा विवाद कायम रहे पुरानै १३औं महाधिवेशनकै सदस्यबाट भए पनि अधिवेशन अघि बढाउनुपर्ने बताउँदै आएको छ ।

सो विषयमा बुधबार नेता पौडेलसहितका उनीपक्षीय नेताले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षसमेत गराएका थिए । बिहीबारको छलफलमा भने पौडेलसहित महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए । याे समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका