८ बैशाख २०८१, शनिबार | April 20, 2024

ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित



झापा । धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् । ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका-५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान/सार्न मिल्ने)  ड्रायर मेशिन प्रदान गरिएको छ । संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए ।

उनले भने, ‘चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ । यो पटक धानको भाउ घटेर प्रतिमत पाँच सयमा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई/तीन महिनापछि रु एक हजार सहजै पाउन सकिन्छ ।’

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनको भनाइ छ । समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् । ‘कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ,’ उनले भने, ‘जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउनुहुन्छ।’ गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईंले बताए ।

गौरादह-५ कै कृषक अर्जुन खतिवडा वर्षा-झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताए । धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उनले बताए । उनले भने, ‘धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ ।’

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो-महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए ।

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि २० लाख अनुदान दिएको हो । उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : ३७ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा