१२ श्रावण २०८१, शनिबार | July 27, 2024

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी



काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक आज पनि जारी छ ।

काठमाडौंको बुद्धनगरस्थित एक पार्टीप्यालेसमा हिजोदेखि जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरुका सुझाव लिर्इंद छ ।

बिहीबार बोल्ने अधिकांश सदस्यहरुले आफ्नो पक्षबाट गठन भएको कार्यदल केपी ओलीसँग मिलेको आरोप लगाएका थिए । उनीहरुले अहिलेकै अवस्थामा ओलीसँग एकता हुन नसक्ने सुझाव दिएका थिए । पार्टी एकताका लागि अधिकतम पहल हुँदा हुँदै पनि ओलीले त्यसमा वेवास्ता गरेको उनीहरुले आरोप लगाएका थिए ।

बिहीबारको बैठकमा नेता नेपालले पनि अहिलेकै अवस्थामा ओलीसँग मिल्न जानु आत्महत्या गरेसरह हुने बताएका थिए । नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारेका थिए । बैठकमा पार्टी एकता कार्यदलका संयोजक भीम रावलले एकता प्रक्रियाबारे भएका छलफल र १० बुँदे सहमतिबारे प्रष्ट्याएका थिए । त्यसक्रममा रावल र केन्द्रीय सदस्यहरुबीच सवालजवाफ चलेको थियो ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारीता र व्यक्तिवादी चरित्रको विरोध गर्न भन्दै एकजुट बनेको नेपाल पक्ष प्रधानन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन साउन ३ गतेदेखि आन्तरिक रुपमा विभाजित जस्तै बनेको छ । नेता नेपालसहित नेपाल पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल पक्षकै ११ जना नेताले संसद बैठक बहिस्कार गरेका थिए ।

पार्टी संस्थापनको निर्देशन विपरित मतदान गर्ने र बैठक नै बहिस्कार गर्ने नेपाल पक्षका नेताहरुबीच अहिले सरकारमा सहभागी हुने या नहुने, आफ्नो समुहलाई ओली पक्षमा मिलाउने या नमिलाउने, अलग्गै पार्टी बनाउने या ओलीसँग सहमति गर्ने लगायतका विषयमा फरक मत देखिँदै आएको छ । यौटै समुहभित्र फरकफरक दृष्टिकोण आउँदा समस्या हुने भन्दै नेपाल पक्षले आज एकीकृत धारणा बनाउन आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : ०७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्