४ पुस २०८२, शुक्रबार | December 20, 2025

भूमि आयोग खारेज विरुद्ध सर्वोच्चमा रिट, साउन २५ गते पेशी



काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता प्रवेश केसीले आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध रिट दर्ता गरेका हुन् । रिटको पेशी साउन २५ गते तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै रिट निवेदक केसीले सरकारको उक्त निर्णय बदर गर्न माग गरेका छन् । केसीले रिटमा संविधानको धारा ३५ र ३६ मा आवास र दलितसम्बन्धी मौलिक हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।

यही साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारको पालामा स्थापित आयोग खारेजीको विरुद्ध नेकपा एमालेले विरोध गरेको थियो । बिहीबार मात्रै एमालेको युवा संगठन युवा संघ नेपालले आयोग खारेजी विरुद्ध सडक प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको