२० असार २०८३, शनिबार | July 4, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बासिरहेको बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ ।

यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

माओवादी भित्र मन्त्री बन्न चाहनेहरु आकांक्षी धेरै भएपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र प्रयोग गर्दै दर्खास्त हाल्ने, दबाब दिने, धर्ना बस्ने लगायतका काम भएको भन्दै प्रचण्डले यसअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

माओवादीकै जोडबलमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारको १ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिरबाट आलोचना बढिरहेको छ । माधव नेपाल पक्ष सरकारमा आउने या नआउने अनिर्णित बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइएको थियो । तर, यसअघि बसेको स्थायी समिति बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा नआउने बताएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ३६ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको