३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बर्दियामा ब्राउन सुगर सहित २ जना पक्राउ



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ बाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ४ बस्ने २१ बर्षिय सन्तोष भट्टराई र गुलरिया नगरपालिका वडा नं ७ बस्ने २२ बर्षिय अर्जुन सुनार रहेका छन् । उनीहरुको साथबाट ९ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

गुलरिया नगरपालिका वडा नं ६ मा रहेको निलो पेट्रोल पम्प नजिकै गुलरिया नेपालगञ्ज सडकमा संकास्पद रुपमा हिँडिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ५५ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र