२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बर्दियामा ब्राउन सुगर सहित २ जना पक्राउ



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ बाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ४ बस्ने २१ बर्षिय सन्तोष भट्टराई र गुलरिया नगरपालिका वडा नं ७ बस्ने २२ बर्षिय अर्जुन सुनार रहेका छन् । उनीहरुको साथबाट ९ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

गुलरिया नगरपालिका वडा नं ६ मा रहेको निलो पेट्रोल पम्प नजिकै गुलरिया नेपालगञ्ज सडकमा संकास्पद रुपमा हिँडिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ५५ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर