३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो



काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

पहिलो खेपमा आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । जसमध्ये पहिलो चरणमा ८ लाख डोज खोप भोलिसम्म आइपुग्ने भएको हो । थाप ५ लाख डोज आइतबार आइपुग्ने बताइएको छ । बाँकी खोप सेप्टेम्बरसम्म आउनसक्ने बताइएको छ ।

भारतसँग खरिद गरिएको कोभिसिल्ड खोपको पहिलो डोज खोप लगाएका १३ लाख भन्दा बढी जेष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउन मिल्ने भएको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्ड खोप अभियान संचालन भएको थियो ।

नेपालले खरिद गरेको १० लाख खोप समेत भारतले नदिएपछि नेपालको खोप अभियान नै प्रभावित भएको थियो । अक्सफोर्ड एस्ट्राजेनेकैको खोपलाई भारतको सेरम इस्टिच्यूटले उत्पादन गरेको थियो । अब खोप लगाउन नपाएका जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाउनेभएका छन् । स्वास्थ्य मन्त्रालयले २५ गतेदेखि नै यो खोप लगाउने जनाएको छ । हिजो मात्र भुटान सरकाले पनि ३ लाख डोज बढी एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ४७ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट