३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रधानन्यायाधीसको दाबी : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसअनुसारका नियुक्ति संविधानसम्मत



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार गरिएको बैठक र त्यसले गरेका नियुक्ति असंवैधानिक नभएको दाबी गरेका छन् ।

प्रधानन्यायाधीस राणालाई सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीस राणाले नेपालको संविधानअनुसार नै अध्यादेशमार्फत संवैधानिक परिषद्को संशोधन भै बैठक बसेको दाबी गरेका छन् ।

प्रधानन्याधीस राणालाई समेत समेत विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर रिट दायर गरेका थिए ।

संवैधानिक परिषद्ले २०७७ मंसिर ३० गते गरेका निर्णय असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै सभामुख सापकोटाले रिट दायर गरेका थिए । तर प्रधानन्यायाधीस राणाले अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकबस्नु संविधानसम्मत भएको दाबी गरेका छन् ।

राणाले भनेका छन् नेपालको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्लाई संविधानले प्रदान गरेको अधिकारक्षेत्र (Jurisdiction)भित्र रहेर संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ र उक्त ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र भावनाअनुसार परिषद्को बैठक र निर्णयसम्बन्धी कार्यविधिको पालना गरी संवैधानिक परिषद्को बैठकबाट भए गरेका निर्णय कामकारवाहीले निवेदकको कुनै पनि हकमा आघात पुग्न नगएको र निवेदनमा उल्लेग गरे जस्तो कुनै पनि अवस्थाको विद्यमानता नभएको अवस्थानमा रिट निवेदन खारेज भागी छ ।

तत्कालिन केपी ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेर सोही अध्यादेशअनुसार मंसिर ३० गते बिहान र बेलुका दुई पटक बैठक बसेर विभिन्न संवैधानिक आयोगमा रिक्त पदमा पदपूर्ति गरेको थियो । संवैधानिक परिषद् ६ सदस्यीय भएपनि पूर्वप्रधानमन्त्री ओलीले ३ जना मात्र उपस्थित भए बैठक बस्न सकिने र त्यसको बहुमतले निर्णय गर्नसक्ने आफुअनुकुल अध्यादेश जारी गराएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : ०४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको