१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

म कुनै पार्टीको सदस्य होईन, संविधान अनुसार मात्र काम गर्छु : लुम्बिनी प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई कुनै पार्टीको सदस्यको रुपमा नलिई दिन आग्रह गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफु कुनै पार्टीको सदस्य नभएको बताएका हुन् ।

प्रदेश प्रमुख शेरचनले राजनीतिक दल र त्यसका नेताहरुलाई संवैधानिक बाटोमा र सञ्चारकर्मीहरुलाई स्वतन्त्र र निष्पक्ष भएर अघि बढ्न आग्रह गर्दै सबै पक्षलाई संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न सुझाव दिए । उनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्ना कमी कमजोरीलाई सरकारात्मक आलोचनाको माध्यमबाट औल्याई दिन आग्रह गरे ।

उनले आफु सत्ता पक्ष र प्रतिपक्ष दुबैको पक्ष विपक्षमा नरहेको स्पष्ट पार्दै संविधान अनुसार मात्र आफुले काम गर्ने बताए । ‘न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधानअनुसार काम गर्छु ।’ उनले भने ।

लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरता सहकार्य,सम्वाद र सहमतिबाट हटाउनु पर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले सहमति कायम हुन नसके संवैधानिक बाटोबाट निरुपण हुने स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति तथा वरिष्ठ पत्रकार ऋषि धमलाले लुम्बिनी प्रदेशको राजनीति चलखेलले मुलुक नै लज्जास्पद भएको बताउँदै मुलुकले स्वच्छ राजनीति चाहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाँई लगाएतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग