७ आश्विन २०८३, बुधबार | September 23, 2026

म कुनै पार्टीको सदस्य होईन, संविधान अनुसार मात्र काम गर्छु : लुम्बिनी प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई कुनै पार्टीको सदस्यको रुपमा नलिई दिन आग्रह गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफु कुनै पार्टीको सदस्य नभएको बताएका हुन् ।

प्रदेश प्रमुख शेरचनले राजनीतिक दल र त्यसका नेताहरुलाई संवैधानिक बाटोमा र सञ्चारकर्मीहरुलाई स्वतन्त्र र निष्पक्ष भएर अघि बढ्न आग्रह गर्दै सबै पक्षलाई संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न सुझाव दिए । उनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्ना कमी कमजोरीलाई सरकारात्मक आलोचनाको माध्यमबाट औल्याई दिन आग्रह गरे ।

उनले आफु सत्ता पक्ष र प्रतिपक्ष दुबैको पक्ष विपक्षमा नरहेको स्पष्ट पार्दै संविधान अनुसार मात्र आफुले काम गर्ने बताए । ‘न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधानअनुसार काम गर्छु ।’ उनले भने ।

लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरता सहकार्य,सम्वाद र सहमतिबाट हटाउनु पर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले सहमति कायम हुन नसके संवैधानिक बाटोबाट निरुपण हुने स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति तथा वरिष्ठ पत्रकार ऋषि धमलाले लुम्बिनी प्रदेशको राजनीति चलखेलले मुलुक नै लज्जास्पद भएको बताउँदै मुलुकले स्वच्छ राजनीति चाहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाँई लगाएतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११