७ आश्विन २०८३, बुधबार | September 23, 2026

आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपाली आदिवासीलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस दिवसले सम्पूर्ण आदिवासीको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन ।

‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले आज अगस्ट ९ का दिन २७ औँ विश्व आदिवासी दिवस मनाइरहेका छन ।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधानलाई अनुमोदन गरिसकेको छ । आईएलओ प्रावधानअनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले जनाएका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ७ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई