१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एक वर्षमै लटरम्म फल्न थाले स्याउ, ढुवानी गर्न बारीमै हेलिप्याड



गोरखा । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न सुरू गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।

चुमनुब्री गाउँपालिका-४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए ।

‘चुमनुब्री किसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरूवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ’, उनले भने, ‘गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ ।’

त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यवसायिक स्याउ खेती गर्न सुरूआत गरेका थिए । प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए ।

‘रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरू सबै बोट राम्रोसँग हुर्किएका छन्’, उनले भने,‘पहिलो वर्षमा नै सोचेभन्दा धेरै राम्रो फल दिन थालेको छ ।’ एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ ।

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट सुरू गरिएको छ । ‘अहिले एउटा बोटमा पाँच केजीसम्म बढी फलेका छन्’, वडाध्यक्ष लामाले भने, ‘साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु पर्‍यो ।’

स्याउलाई वन्यजन्तुबाट जोगाउन तारबार गरिएको र स्याउ फार्मभित्र अहिले दैनिक आठले नियमित रूपमा काम गर्दै आएका छन् ।

इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट उत्तरी गोरखामा ढुवानी गरेर पुर्‍याएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको भए तापनि विदेशी जातको स्याउ उत्पादन भने पहिलो पटक भएको बताइएको छ ।

‘परीक्षणका लागि पनि भने फरक प्रजातिको स्याउ खेती सुरू गरिएको थियो’, उनले भने,‘स्याउले पहिलो वर्ष नै राम्रोसँग फल दिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।’

स्थानीय किसान मिलेर पोरमा गत वर्षदेखि करिब १०० रोपनीमा अहिले स्याउखेती गरेका थिए । ‘करिब ३०० रोपनी जग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ’, उनले भने, ‘बेर्नाको अभावका कारण तत्काललाई सय रोपनी क्षेत्रफलमा बेर्ना लगाइएको थियो, बाँकी जमिनमा पनि बेर्ना थप्दै जाने योजनामा किसान छन् ।’

सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पुर्‍याउनका लागि भने ढुवानी समस्या रहँदै आएको छ ।उत्पादित स्याउलाई समयमा बजारसम्म लैजान खच्चड र हेलिकप्टर बाहेकको विकल्प छैन । खच्चडमार्फत बजारसम्म लैजान काठको बाकस बनाउन थालिएको किसानको भनाइ छ ।

‘हेलिकप्टरमार्फत् ढुवानी गर्न मिल्ने गरी स्याउबारीभित्रै हेलिप्याड निर्माण गरिएको छ’, उनले भने, ‘बजारमा पुर्‍याउन नसक्ने अवस्था भएमा स्याउलाई लामो समयसम्म ताजा राख्नका लागि शीतभण्डारको समेत निर्माण भइरहेको छ ।’ त्यहाँ उत्पादन भइरहेको गोल्डन, फूजी, गाला, रेड डेलिसेस र किङ्ग डेलिसेस नेपाली बजारमा प्रति केजी रु ३०० देखि ५०० सम्ममा बिक्री हुँदैआएको छ ।

चुमनुब्री किसान समूहले भने पहिलो पटकको उत्पादन गरिएको इटालियन जातको स्याउ गोरखा र छिमेकी जिल्लामा प्रति केजी रु २५० मा विक्री गर्ने लक्ष्य राखेको उनले बताए ।

समूहले करिब रु एक करोड २० लाख का लागतमा गत वर्षदेखि स्याउखेती सुरू गरेको थियो । स्थानीयबासी लाक्पा डुन्डुप लामासहित सात जनाको टोलीले नामरुङका पोरमा जमिन भाडामा लिएर व्यवसायिक खेती सुरू गरेको थियो । रासस

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : १८ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर