१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी प्रदेश : सांसद जोगाउन विपक्षी गठबन्धनका सांसदहरुलाई रिसोर्टमा राखियो



बुटवल । सत्ताको खेल पेचिलो बन्दै गएको लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आफ्नो सांसदहरुलाई जोगाउन एक रिसोर्टमा राख्ने व्यवस्था मिलाएको छ । सत्तापक्षले एक एक गर्दै विपक्षी गठबन्धनका सांसदलाई फकाउन थालेपछि विपक्षी गठबन्धनका सांसदहरुलाई रिसोर्टमा राख्न थालिएको हो ।

शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार विरुद्ध २ संख्याले बहुमतमा रहेका विपक्षीहरुले आफ्ना पक्षका ४१ सांसदलाई कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा पुग्न निर्देशन भएको एक सांसदले बताए ।

२७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने तय भएको र त्यस यता कुनै सांसदहरु सत्तारुढ दलको प्रभावमा नपरुन भनेर रिसोर्टमा आवाशिय व्यवस्था गरिएको विपक्षी गठबन्धन स्रोतले बतायो । तर गठबन्धनका नेताहरुले भने आगामी रणनीतिबारे छलफल गर्न ४१ जना सांसदलाई रिसोर्टमा बोलाईएको बताए ।

२ जना संख्या नपुगेका कारण समास्यामा परेका प्रदेशका मुख्यमन्त्री सकेसम्म २ जना सांसदलाई फकाउने रणनितीमा लागेका छन् । सत्ता पक्षीय रणनिती अनुसार केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगालाई फकाउने प्रयास भएको थियो भने अघिल्लो हप्तामात्र माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई ५ दिन मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाईएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको भन्दै सांसद वलीले शौचालयको चप्पल लगाएर भागेको पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन् ।

सर्वोच्चले जसपाका तीन सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । मुख्यमन्त्री पोखरेलले एकजना कानुन ब्यवसायीलाई लगाएर सर्वोच्च अदालतमा प्रदेशसभा अधिवेशन स्थगनका लागि रिट हाल्न लगाएपनि अदालतबाट दरपीठ भएपछि उनी अझै प्रेसरमा परेका छन् । पोखरेलले रातारात एमाले सांसद लिला गिरि सहितका सांसदहरुलाई बोलाएर आज पुनः सर्वोच्चमा अधिवेशन स्थगनको आदेश माग गर्दै रिट हाल्न लगाएका छन् । २७ गते यता सर्वाेच्चले संसद अधिवेशन स्थगनकाे अन्तरिम आदेश नगरेमा पाेखरेल नेतृत्वकाे सरकार ढल्ने निश्चित जस्तै देखिएकाे छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : २३ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना