७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रदेश : सांसद जोगाउन विपक्षी गठबन्धनका सांसदहरुलाई रिसोर्टमा राखियो



बुटवल । सत्ताको खेल पेचिलो बन्दै गएको लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आफ्नो सांसदहरुलाई जोगाउन एक रिसोर्टमा राख्ने व्यवस्था मिलाएको छ । सत्तापक्षले एक एक गर्दै विपक्षी गठबन्धनका सांसदलाई फकाउन थालेपछि विपक्षी गठबन्धनका सांसदहरुलाई रिसोर्टमा राख्न थालिएको हो ।

शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार विरुद्ध २ संख्याले बहुमतमा रहेका विपक्षीहरुले आफ्ना पक्षका ४१ सांसदलाई कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा पुग्न निर्देशन भएको एक सांसदले बताए ।

२७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने तय भएको र त्यस यता कुनै सांसदहरु सत्तारुढ दलको प्रभावमा नपरुन भनेर रिसोर्टमा आवाशिय व्यवस्था गरिएको विपक्षी गठबन्धन स्रोतले बतायो । तर गठबन्धनका नेताहरुले भने आगामी रणनीतिबारे छलफल गर्न ४१ जना सांसदलाई रिसोर्टमा बोलाईएको बताए ।

२ जना संख्या नपुगेका कारण समास्यामा परेका प्रदेशका मुख्यमन्त्री सकेसम्म २ जना सांसदलाई फकाउने रणनितीमा लागेका छन् । सत्ता पक्षीय रणनिती अनुसार केही हप्ताअघि जसपा सांसद पुर्मती ढेंगालाई फकाउने प्रयास भएको थियो भने अघिल्लो हप्तामात्र माओवादी केन्द्रका सांसद विमला खत्री वलीलाई ५ दिन मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाईएको थियो । मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएर राखेको भन्दै सांसद वलीले शौचालयको चप्पल लगाएर भागेको पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन् ।

सर्वोच्चले जसपाका तीन सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । मुख्यमन्त्री पोखरेलले एकजना कानुन ब्यवसायीलाई लगाएर सर्वोच्च अदालतमा प्रदेशसभा अधिवेशन स्थगनका लागि रिट हाल्न लगाएपनि अदालतबाट दरपीठ भएपछि उनी अझै प्रेसरमा परेका छन् । पोखरेलले रातारात एमाले सांसद लिला गिरि सहितका सांसदहरुलाई बोलाएर आज पुनः सर्वोच्चमा अधिवेशन स्थगनको आदेश माग गर्दै रिट हाल्न लगाएका छन् । २७ गते यता सर्वाेच्चले संसद अधिवेशन स्थगनकाे अन्तरिम आदेश नगरेमा पाेखरेल नेतृत्वकाे सरकार ढल्ने निश्चित जस्तै देखिएकाे छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई