१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नेपालमा मःमको पहिलो ब्राण्डिङकर्ता श्याम कक्षपतिको निधन



काठमाडौं। नेपालमा रेष्टुरेन्ट संस्कृतिको जग बसाउने तथा मःमको पहिलो ब्राण्डिङ गर्ने पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ। बैंककको ब्रुमुनगार्ड अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो।

कक्षपति परिवारका अनुसार लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपति उपचारका लागि करिब २ महिनाअघि बैंकक गएका थिए। उपचारकै क्रममा उनको आज दिउँसो निधन भएको हो । किमो चढाएपछि केहिदिन देखि स्वास्थ्यमा सुधार आएको बताईएपनि आज बिहानबाट उनी सिकिस्त भएका थिए ।

नेपालमा क्याफे संस्कार भित्र्याउने पहिलो व्यक्तिको पहिचान बनाएका कक्षपति नाग्लो ग्रुपका संस्थापक हुन् । बेकरी क्याफे चेन रेस्टुराँ खोलेर म:मलाई ब्रान्डिङ गर्ने कक्षपति नेपालको पहिलो व्यक्ति मानिन्छन् । उनी शुभतारा स्कुलका संस्थापक समेत रहेका थिए तर पछिल्लो समय सो स्कुल संचालकहरुले बन्द गर्ने निर्णय गरिसकेका छन् । ​​

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ५८ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी