२५ असार २०८२, बुधबार | July 9, 2025

बर्दियाका बडघरहरुले पाए सरकारी परिचयपत्र, थारु समुदायको परम्परालाई सरकारी मान्यता



बर्दिया । नेपाल मै पहिलो पटक बडघर प्रथालाई कानुनीमान्यता दिँदै बडघर ऐन जारी गरेको बर्दियाको बारबर्दिया नगरपालिकाले बडघरहरुलाई परिचयपत्र वितरण गरेको छ । २८ औँ आदीवासी जनजाती दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्र भरीका ९० जना मुल बडघरहरुलाई परिचयपत्र वितरण गरेको हो ।

नगरपालिकाले बडघर ऐन कार्यन्वयनको क्रममा गत बैशाख ६ गते बडघर प्रणाली सम्बन्धी बृहद गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा बडघरहरुले आधिकारीक परिचयपत्र दिनुपर्ने माग गरेका थिए ।

थारु समुदायमा अझैपनि बडघर प्रथा यथावत् रहीरहेको छ । समाजमा भएका विकृती विसंगती न्युनीकरण देखि विभिन्न सामाजिक कार्य गर्नका लागि बडघरहरुको महत्वपुर्ण भुमिका रहँदै आएको छ । स्थानीय सरकार नहुँदै समुदाय परिचालनका लागि बडघरहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । तर सरकारी कार्यालयले उनीहरुले गरेको कार्यको मान्यता नदिँदा समस्या हुँदै आएको थियो । गरपालिकाले आधिकारीक परिचयपत्र दिएपछि वडघरहरुले काम गर्नका लागि सहज हुने बडघर सञ्जालको नगर अध्यक्ष राम सोहन थारुले बताए । परिचयपत्र र प्रमाण पत्र दिएपछि बडघरहरुको हौसला बढेको बताउँदै नगरपालिकाको विकासको कामलाई अझै सघाउने बताए ।

परिचयपत्र वितरणका प्रमुख अतिथी लुम्बिनीप्रदेशका प्रदेश सभा सदस्य तिलक शर्माले बडघर प्रथा परम्परागत प्रथा भएपनि लोकतान्त्रिक पद्धतीको एउटा स्वरुप भएकाले यसलाई बचाइ राख्नु पर्ने बताए । उनले बडघर प्रथाले विभिन्न विगत् देखि नै सामाजिक काम गर्दै आएकोले बारबर्दिया नगरपालिकाले त्यसलाई मान्यता दिएको बताए ।
बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारुले बडघरहरुलाई सामाजिक, साँस्कृति, धार्मिक र विकास निर्माणका कामगर्नका लागि बारबर्दियाको बडघर ऐनले अधिकार दिएको बताए । उनले बडघर ऐनको सम्बन्धमा मुल बडघरहरुलाई अभिमुखिकरण कार्यक्रम गर्दै व्यवस्थीत बनाएर लैजाने बताए ।

बारबर्दियाको ८ औँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बडघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७’ पारित गरी लागु गरेको थियो ।

नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार, मर्यादा र नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी कार्य गर्नुपर्ने उल्लेख रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४५ बजे

म्याग्दीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर

पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी

रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले

त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा