२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनीको विशेष अधिवेशन स्थगित गर्न दायर रिट न्यायाधीस प्रकाशमानसिंह राउतको इजलासमा



काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रक्रिया रोक्न एमाले सांसदले दायर गरेको रिट न्यायाधीस प्रकाशमा सिंह राउतको इजलासमा परेको छ ।

सर्वोच्च अदालतमा सो रिटमाथि आज सुनुवाइ हुँदैछ । लिला गिरीसहितका एमाले सांसदले भोलि साउन द्दठ गतेका लागि बोलाइएको प्रदेशसभा विशेष अधिवेशन रोक्न माग गर्दै सोमबार रिट दायर गरेका थिए ।

प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाउनु संविधान विपरित भएको तर्क गर्दै एमाले सांसदले रिट दायर गरेका थिए । एमाले सांसदले संविधानको धारा १६८ को उपाधारा १ बमोजिम बनेको आफ्नो पार्टीको एकल बहुमतको सरकार विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै आएका छन् ।

त्यसअघि गत शुक्रबार पनि अधिवक्ता प्रवेश केसीले रिट दायर गर्न खोज्दा हकदैया नभएको भन्दै सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

न्यायाधीस राउतको इजलासले अन्तरिम आदेश जारी गरेमा भोलिको विशेष अधिवेशन रोकिने छ । तर इलसाले अन्तरिम आदेश जारी नगरेमा भने भोलि दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्नेछ । आजसम्मको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पोखरेल स्वतः अल्पमतमा रहेको देखिएका छन् । एमालेको पक्षमा ३८ जना मात्र सांसद रहेका छन् । तर विपक्षी गठबन्धनको पक्षमा भने ४१ जना सांसद रहेका छन् । ८० सदस्यीय प्रदेशसभामा यो संख्या सरकार परिवर्तनका लागि सामान्य बहुमत हो । सर्वोच्च अदालतले सोमबार मात्रै जनता समाजवादी पार्टी जसपाका तीन जना सांसदलाई पदमा बहाल रहन दिनका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि प्रदेशसभा ८०को संख्यामा सीमित भएको छ ।

विपक्षी गठबन्धनले सरकारले आफ्ना सांसदहरुलाई प्रलोभनमा पार्न सक्ने भयमा सोमबारदेखि नै कपिलवस्तुको एक रिसोर्टमा राखेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ४० बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै