८ बैशाख २०८१, शनिबार | April 20, 2024

सत्तारुढ विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड, सेमेस्टर प्रणाली हटाउन माग



बुटवल । क्याम्पसलाई मानित विश्वविदालय बनाउन नहुने र सेमेस्टर प्रणाली संचालन खारेजीको माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् ।

विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विभिन्न विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज बिहान तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको छ । लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्ची तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरु समेत छरपस्ट पारेर तोडफोडकारी विद्यार्थीहरु भागेका थिए ।

सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनहरुको अगुवाइमा तोडफोड भएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरुले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए ।

क्याम्पस सन्चालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्वविद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ।

सेमेष्टर प्रणालीमा अध्यायन अध्यापन गराउन थालेपछि राजनितीक क्रियाकलाप गर्न नपाएका कारण बिद्यार्थी संगठनहरु क्याम्पस प्रशासन संग रुष्ट हुदै आएका थिए।

यसअघि साउनको ८ गते नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियू बाहेक चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयां थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दवाव दिंदै आन्दोलन गर्दै आएका थिए।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि संचालन भईरहेका बीबीएस र एमबीएसका पठनपाठन संचालन गर्नुपर्ने र एमबीए, बीबीए, एमबीए), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।

लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाः कार्यक्रम र हटाई पुर्ण रुपमा स्वायत्तताका कार्यक्रम संचालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरुको आरोप छ। संगठनहरुले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित बिश्वबिद्धालय बनाउन नहुने र सेमेस्टर प्रणालीमा सन्चालन भएकोमा त्यसको खारेजीको माग गरेका थिए ।

सेमेस्टर प्रणालीमा अध्यापन गराउँदा विद्यर्थीको मुख्य ध्यान पढाइमा मात्रै जानुपर्छ । विद्यार्थी संगठनहरुका लागि वार्षिक परीक्षा प्रणाली राजनीति गर्नका लागि उर्वर बन्ने गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : १४ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र