७ आश्विन २०८३, बुधबार | September 23, 2026

सत्तारुढ विद्यार्थी संगठनद्वारा लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड, सेमेस्टर प्रणाली हटाउन माग



बुटवल । क्याम्पसलाई मानित विश्वविदालय बनाउन नहुने र सेमेस्टर प्रणाली संचालन खारेजीको माग गर्दै लुम्बिनी वाणिज्य क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले तोडफोड गरेका छन् ।

विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विभिन्न विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज बिहान तोडफोड गरेका हुन् । तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको छ । लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्ची तोडफोड गर्नुको साथै महत्वपूर्ण कागजातहरु समेत छरपस्ट पारेर तोडफोडकारी विद्यार्थीहरु भागेका थिए ।

सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनहरुको अगुवाइमा तोडफोड भएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरुले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए ।

क्याम्पस सन्चालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्वविद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको क्याम्पस प्रशासनले जनाएको छ।

सेमेष्टर प्रणालीमा अध्यायन अध्यापन गराउन थालेपछि राजनितीक क्रियाकलाप गर्न नपाएका कारण बिद्यार्थी संगठनहरु क्याम्पस प्रशासन संग रुष्ट हुदै आएका थिए।

यसअघि साउनको ८ गते नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियू बाहेक चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयां थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दवाव दिंदै आन्दोलन गर्दै आएका थिए।

विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि संचालन भईरहेका बीबीएस र एमबीएसका पठनपाठन संचालन गर्नुपर्ने र एमबीए, बीबीए, एमबीए), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।

लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाः कार्यक्रम र हटाई पुर्ण रुपमा स्वायत्तताका कार्यक्रम संचालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरुको आरोप छ। संगठनहरुले लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित बिश्वबिद्धालय बनाउन नहुने र सेमेस्टर प्रणालीमा सन्चालन भएकोमा त्यसको खारेजीको माग गरेका थिए ।

सेमेस्टर प्रणालीमा अध्यापन गराउँदा विद्यर्थीको मुख्य ध्यान पढाइमा मात्रै जानुपर्छ । विद्यार्थी संगठनहरुका लागि वार्षिक परीक्षा प्रणाली राजनीति गर्नका लागि उर्वर बन्ने गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : १४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११