३० चैत्र २०८२, सोमबार | April 13, 2026

अर्थमन्त्रीद्वारा आर्थिक स्वेतपत्र जारी : देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा (पूर्णपाठसहित)



काठमाडौं । देशको आर्थिक अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा स्वेतपत्र जारी गरेका छन् ।

स्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी गराएका छन् । शर्माले ओली सरकारको पालामा अर्थतन्त्र नाजुक अवस्थामा रहेको जनाएका छन् ।

२०७४ सालमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक स्वेतपत्र जारी गर्दै सञ्चित कोष ४३ अर्बले घाटामा रहेको जनाएका थिए । तर, त्यसपछि यो बढेर आर्थिक वर्ष २०७६/७७मा २ खर्ब १६मा पुगेको शर्माले जनाए ।

स्वेतपत्रमा शर्माले भनेका छन्, आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ।’

शर्माले ओली सरकारले देशको अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन गर्न नसकेको उल्लेख गरेका छन् ।

आर्थिक वर्ष ०७६/०७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा यथार्थमा २.१ प्रतिशतले ऋणात्मक हुनपुगेको जनाइएको छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको जनाइएको छ । कोरोना महामारीका कारण पनि अर्थतन्त्रमा संकुचन आएको स्वेतपत्रमा उल्लेख गरिउको छ ।

‘आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान जीडीपीमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको जनाउँछ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/आर्थिक-जानकारी-पत्र.pdf” title=”आर्थिक जानकारी पत्र”]

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ०८ बजे

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण