७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भत्काइयो नभत्काइनुपर्ने कविकुञ्ज



काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा, साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान । तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ । महाकविको ‘सग्लो’ इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन् ।

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा महाकवि देवकोटाको घर अर्थात् कविकुञ्ज थियो । कविकुञ्ज साहित्यको मन्दिर थियो । साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो । केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो । जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए । स्पर्श गरेका भित्ता र भुइँहरू थिए । उनी बसेका कुर्सी थिए । महाकविकै माया पाएका दलिन र बार्दलीहरू थिए । खासमा महाकविकै पदचाप भेटिन्थे ।

जुन घरले महाकविलाई सिर्जना गर्न साथ दिइरह्यो । देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो । त्यही घर साहित्यकारका लागि ‘तीर्थस्थल’ थियो । काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काउनुअघिको घर कविकुञ्ज परिसरमा आइतबार पुग्दा डोजर चलिरहेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले लेखेकी छन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल