२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भत्काइयो नभत्काइनुपर्ने कविकुञ्ज



काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा, साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान । तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ । महाकविको ‘सग्लो’ इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन् ।

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा महाकवि देवकोटाको घर अर्थात् कविकुञ्ज थियो । कविकुञ्ज साहित्यको मन्दिर थियो । साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो । केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो । जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए । स्पर्श गरेका भित्ता र भुइँहरू थिए । उनी बसेका कुर्सी थिए । महाकविकै माया पाएका दलिन र बार्दलीहरू थिए । खासमा महाकविकै पदचाप भेटिन्थे ।

जुन घरले महाकविलाई सिर्जना गर्न साथ दिइरह्यो । देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो । त्यही घर साहित्यकारका लागि ‘तीर्थस्थल’ थियो । काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काउनुअघिको घर कविकुञ्ज परिसरमा आइतबार पुग्दा डोजर चलिरहेको थियो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले लेखेकी छन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : २३ बजे

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ