२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको ‘काउण्टडाउन’ शुरु, १ बजे संसदको विशेष अधिवेशन



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारको ‘काउण्टडाउन’ शुरु भएको छ । प्रदेशसभाका एक तिहाई बढी सदस्यहरुले संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव सम्बन्धमा आजको प्रदेशसभामा छलफल हुने कार्यसूची आएसँगै पोखरेल नेतृत्वको सरकारको ‘काउण्टडाउन’ शुरु भएको हो ।

सत्तारुढ नेकपा एमालेको संसदीयदलको बैठक आज ८ बजेबाट मुख्यमन्त्री निवास बुटवलमा शुरु हुँदैछ भने मुख्यमन्त्री पोखरेलले पहिलो पटक प्रदेश मन्त्रिपरिषदको बैठक पनि उनकै निवासमा बोलाएका छन् । ८ बजेबाट शुरुहुने संसदीयदलको बैठकको निर्णय अनुसार आगामी कदम चालिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । उनले संसदीयदलको बैठक लगत्तै मन्त्रिपरिषदको बैठक समेत बोलार्ईको जानकारी दिए ।

एमाले संसदीयदलका प्रमुख सचेतकले पनि संसदीय दलले तय गर्ने कार्यदिशा अनुसार अगाडि बढ्ने निष्कर्षमा पुगिएको बताए । उनले संसदीय दल र मन्त्रिपरिषदको र्बैठक पछि एमालेको आगामी रणनिती पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए ।

मुख्यमन्त्री निवासमा मन्त्रिपरिषद बैठक बोलाईएका कारण मुख्यमन्त्री राजीनामाको मुडमा पुग्ने अनुमान गरिएको छ ।

उता विपक्षी गठबन्धनका ४१ सांसदहरु भने आजबाट सत्तारोहण हुने विश्वासका साथ लुम्बिनी स्थित रिसोर्टमा बसेका छन् । उनीहरुलाई रिसोर्टबाट सिधै प्रदेशसभा भवनमा आउने व्यवस्था मिलाईएको माओवादी केन्द्रका एक सांसदले बताए ।

प्रदेशसभामा सत्तारुढ एकालेसँग ३८ र विपक्षी गठबन्धनसँग ४१ मत रहेको देखिएको छ । प्रदेशमा कोरोना माहामारी बढ्दै गएको भन्दै लामो समय सत्ताको खेललाई राख्न नहुने कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले बताए । खानका अनुसार प्रदेशसभाको बैठकमा आजै अविश्वासको प्रस्ताव टेवल गर्ने र आजै मतदानबाट छिनोपानो गरिने छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ७ : ५१ बजे

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको