२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनी प्रदेश : विशेष अधिवेशन बहिस्कार गर्ने मुडमा एमाले; विपक्षी भन्छन् – प्रक्रिया रोकिँदैन



बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सत्तारुढ एमालेले बहिस्कार गर्ने संकेत गरेको छ । आज बिहान बसेको एमाले संसदीय दलको बैठकले प्रदेशसभामा उपस्थित हुने, बहिस्कार गर्ने या के गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार संसदीय दलको नेतालाई दिएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले बैठक नै असंवैधानिक ढंगले बोलाइएका कारण राजनीतिक निर्णय गर्ने बताएका छन् । ससदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य सचेतक ढकालले संविधानको संरक्षक रहेका प्रदेशप्रमुखबाट असंवैधानिक ढंगले अविश्वासको प्रस्ताव प्रक्रिया अघि बढाइएको बताउँदै त्यस विरुद्ध राजनीतिक निर्णय लिइने बताए । ढकालले प्रष्टसँग विशेष अधिवेशन बहिस्कार गर्ने नबताए पनि उनले सोही प्रकारको आशय भने व्यक्त गरेका छन् ।

सत्तारुढ दलले नै अविश्वासको प्रस्तावको सामना नगरी विशेष अधिवेशन बैठक बहिस्कार गरे प्रक्रिया अघि बढ्छ या बढ्दैन भन्ने अन्यौल पनि सुरु भएको छ ।

तर, प्रदेशसभा सचिवालयले भने विपक्षी दलहरुले राखेको अविश्वासको प्रस्तावमा प्रस्तावकहरु उपस्थित भएपछि बैठक अघि बढ्ने स्पष्ट पारेको छ । सचिवालयले दिउँसो १ बजे निर्धारित समयमा अधिवेशन संचालन हुने जनाएको छ ।

यस्तै, विपक्षी दल नेपाली कांग्रेसका सचेतक फकरुद्दीन खानले पनि अविश्वासको प्रस्ताव प्रक्रिया नरोकिने बताएका छन् । ‘एमालेले बहिस्कार गर्दैमा यो प्रक्रिया रोकिँदै । अब अघि बढ्छ’, खानले खबरकुरासँग बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ४५ बजे

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा

प्रधानमन्त्री शाहद्वारा बोलाइएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक

काजमा रहेर सेवा दिइरहेका ६ जना विशेषज्ञ चिकित्सकको भेरी अस्पतालमा काज फिर्ता

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रहेर बिभिन्न अस्पतालमा काज

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ तेस्रोबाट पाँचौमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै