२३ माघ २०८२, शुक्रबार | February 6, 2026

लुम्बिनी रिसोर्टमा विपक्षी दलका छुट्टाछुट्टै संसदीयदल बैठक, विशेष अधिवेशन प्रक्रिया नरोकिने निस्कर्ष



बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेशसभामा विपक्षी गठबन्धनका दलहरुको बैठक बसेको छ ।

लुम्बिनीस्थित लुम्बिनी गार्डेन रिसोर्टमा गठबन्धनका दलहरुको संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको हो ।

आजै १ बजेबाट सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा दलको भुमिकाका विषयमा छलफल गर्न विपक्षी दलहरुले आआफ्ना संसदीयदलको बैठक गरेका हुन् ।

२ दिनमा २ वटा रिसोर्टमा बसेका विपक्षी ४१ जना सांसदहरु बैठक पश्चात सिधै प्रदेशसभामा उपस्थित हुने तयारी गरिएको नेपाली कांग्रेस प्रदेश संसदीयदलका प्रमुख सचेतक फकरुद्दीन खानले बताए । खानले सत्तापक्षबाट बहिस्कार गरे पनि प्रदेशसभाको प्रक्रिया नरोकिने जनाउँदै सकेसम्म आजै मतदान प्रक्रियामा लैजाने बताए ।

यस्तै माओवादी केन्द्रकी सांसद दामा शर्माले पनि कोहि अनुपस्थित हुँदैमा विषेश अधिवेशन नरोकिने बताईन् । विशेष अधिवेशनको अर्थ निर्वाचन वा मतदान भएको स्पष्ट पार्दै सांसद शर्माले सत्तापक्ष आएपनि नआएपनि प्रक्रिया नरोकिने स्पष्ट पारिन । ‘विशेष भनेको विशेष नै हो, यो अगाडि बढ्छ रोकिँदैन’, उनले भनिन् ।

मुख्यमन्त्रीको राजीनामा आएको अवस्थामा बाहेक आजै नयाँ सरकार गठन हुने सांसद शर्माले दाबी गरिन् । ‘मुख्यमन्त्रीले राजीनामा दिनुभए अर्को प्रक्रिया सुरु होला, अन्यथा आजै मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नियुक्ति हुन्छ’, शर्माले भनिन ।

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : १५ बजे

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ

आजको मौसम : तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम

आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

काठमाडौं । आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय