१ पुस २०८२, मंगलबार | December 16, 2025

एमालेनिकट युवा संघका उपाध्यक्षसहित २६ जना माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केिएका हुन् ।

बुधबार उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै आफूहरुले नेकपा एमाले परित्याग गरेको बताए । उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका गरेका थिए । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए।

उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका लागेका थिए। जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरवशाली इतिहासलाई धोका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ९ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज