३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लुम्बिनी प्रदेश : नयाँ सरकारको लागि दाबी प्रस्तुत गरिँदै, आजै माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्रीमा नियुक्त हुने



बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सहितको ४ दलिय गठबन्धनले आज प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमक शेरचन समक्ष दाबी पेश गर्दैछन् ।

गठबन्धनको पूर्व निर्णय अनुसार माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शेरचनले आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेपनि १० बजे लगत्तै गठबन्धनका नेताहरु दाबी पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारी भएको गठबन्धनका एक नेताले बताए ।

लुम्बिनी प्रदेश सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी भएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

प्रमुख सचेतक खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी पेश गरिने छ । अघिल्लो पटक राजीनामा दिए लगत्तै आफैले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेको एमाले संसदीयदलका नेता शंकर पोखरेलले भने यसपटक दाबी प्रस्तुत नगर्ने भएका छन् । बुधबार नै पत्रकारहरुसँग कुरा गर्दै एमाले सांसद तथा एमाले नेतृत्वको सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफुहरु प्रतिपक्षमा रहने बताएका थिए ।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै माओवादी, काँग्रेस र जसपाका एक एक जना सदस्य रहनेगरि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताईएको छ । राष्ट्रिय जनमोर्चाको सरकारमा सहभागीताबारे आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

लुम्बिनी प्रदेशसभाका हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक पर्दछ । ४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

४ दलीय गठबन्धनले नयाँ सरकार गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताएका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे अनुसार प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको १५ मनिेट पछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । उनको राजीनामा नआएको अवस्थामा प्रदेशसभाबाट मतदान गरेर मुख्यमन्त्रीबाट पोखरेललाई हटाउने तयारी गठबन्धनको रहेको थियो । तर अधिवेशन शुरु भएपछि पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको पत्र सुनाउँदै सभामुख पुर्ण घर्तीले विशेष अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

यसअघि लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते दिनको १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ०० बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय