१५ बैशाख २०८१, शनिबार | April 28, 2024

लुम्बिनी प्रदेश : नयाँ सरकारको लागि दाबी प्रस्तुत गरिँदै, आजै माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्रीमा नियुक्त हुने



बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सहितको ४ दलिय गठबन्धनले आज प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमक शेरचन समक्ष दाबी पेश गर्दैछन् ।

गठबन्धनको पूर्व निर्णय अनुसार माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शेरचनले आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेपनि १० बजे लगत्तै गठबन्धनका नेताहरु दाबी पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुग्ने तयारी भएको गठबन्धनका एक नेताले बताए ।

लुम्बिनी प्रदेश सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनको नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी भएको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

प्रमुख सचेतक खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी पेश गरिने छ । अघिल्लो पटक राजीनामा दिए लगत्तै आफैले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेको एमाले संसदीयदलका नेता शंकर पोखरेलले भने यसपटक दाबी प्रस्तुत नगर्ने भएका छन् । बुधबार नै पत्रकारहरुसँग कुरा गर्दै एमाले सांसद तथा एमाले नेतृत्वको सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफुहरु प्रतिपक्षमा रहने बताएका थिए ।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै माओवादी, काँग्रेस र जसपाका एक एक जना सदस्य रहनेगरि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताईएको छ । राष्ट्रिय जनमोर्चाको सरकारमा सहभागीताबारे आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

लुम्बिनी प्रदेशसभाका हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक पर्दछ । ४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

४ दलीय गठबन्धनले नयाँ सरकार गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताएका छन् ।

प्रदेश प्रमुखले आह्वान गरे अनुसार प्रदेशसभाको विशेष अधिवेशन शुरु भएको १५ मनिेट पछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । उनको राजीनामा नआएको अवस्थामा प्रदेशसभाबाट मतदान गरेर मुख्यमन्त्रीबाट पोखरेललाई हटाउने तयारी गठबन्धनको रहेको थियो । तर अधिवेशन शुरु भएपछि पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखको पत्र सुनाउँदै सभामुख पुर्ण घर्तीले विशेष अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

यसअघि लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते दिनको १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ०० बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म