४ पुस २०८२, शुक्रबार | December 20, 2025

एघार दिनदेखि गजेन्द्रनारायण सिंह अस्पतालको पिसिआर परीक्षण बन्द



राजविराज । विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ । सम्भावित कोभिड-१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पिसिआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन् ।

अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए । एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उहाँले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए ।

उनले भने, “प्रदेश नं २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ ।” मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाले पिसिआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण सञ्चालन हुन नसकेको जानकारी दिए ।

दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा यसरी पिसिआर मेसिन बिग्रिँदा जिल्लामा कोरोनाको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको बताइएको छ । यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो । प्राविधिक ल्याएर मर्मत गराउँदा सञ्चालन गरिएको भए पनि केही दिन चलेर अहिले फेरि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो । रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ९ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको