२ पुस २०८२, बुधबार | December 18, 2025

लुम्बिनी प्रदेश सरकारका लागि मन्त्री छान्दै प्रदेश नेताहरु, माओवादीलाई मुुख्यमन्त्री सहित ३, कांग्रेसलाई ४ र जसपालाई ३



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनमा दिएसँगै नयाँ सरकार बन्ने तयारी शुरु भएको छ ।

नयाँ सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी आज साँझ सम्ममा मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने उनको क्याबिनेटमा पठाउने मन्त्रीहरुको नाम छान्न नेताहरु सक्रिय भएका छन् ।

आज (बिहीबार) साँझसम्म सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुने नेताहरुले बताएका छन् । मुख्यमन्त्रीमा सर्व सम्मत गरेपनि दलहरुमा मन्त्रीको आकाँक्षी बढी भइपछि नेताहरुलाई मन्त्री छान्न हम्मे हम्मे परेको छ । विशेषगरि माओवादी र कांग्रेसमा मन्त्रीको दाबी गर्ने नेताहरु धेरै भएपछि नेताहरु समस्यामा परेका छन् ।

केसी मुुख्यमन्त्री नियुुक्तिसँगै बिहीबार नैं ३ सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाउने गठबन्धनका नेताहरुले बताएका छन् । चार दलीय गठबन्धनको सरकार बने पनि राष्ट्रिय जनमोर्चा सरकारमा नजाने बताएको छ । कांग्रेस संसदीय दलका प्रमुुख सचेतक फकरुद्धिन खाँनले केसी मुुुख्यमन्त्रीमा नियुक्त भएपछि तीन सदस्य सानो मन्त्रीमण्डल बिहीबार नै गठन हुने र संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

प्रदेशसभा १० सदस्यीय मन्त्रिमण्डल बनाउने गठबन्धनबीच साझेदारी भएको छ । राजीनामा दिएका मुुख्यमन्त्री शंकर पोखरेलले सुुरुमा ७ सदस्यीय मन्त्रीमण्डल बनाए पनि दोस्रो पटक सत्ता समिकरणलाई बलियो बनाउने नाममा मन्त्रालय फुटाएर दश सदस्यीय बनाएका थिए । नयाँ सरकारमा माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित ४ मन्त्रालय लिने दुई दलबीच सहमति भएको बताईएको छ । गठबन्धनमा जनमोर्चा सरकारमा आए जसपालाई २ मन्त्रालय र जनमोर्चा नआए जसपाले पनि ३ वटै मन्त्रालय पाउने सहमति भएको छ ।

यि हुुन माओवादीबाट मन्त्रीका दावेदारहरु

माओवादी केन्द्रका प्रदेशसभामा १८ सांसद छन् । अन्य प्रदेशमा माओवादीले नयाँ सरकारमा नयाँ अनुहार पठाउने गरेपनि लुम्बिनी प्रदेशमा भने मन्त्रीहरु दोहोरिने सम्भावना देखिएको छ । पोखरेल सरकारमा मन्त्री रहेका सुदर्शन बराल मन्त्री हुने पहिलो लिस्टमा छन् भने नयाँ अनुहार पठाईएको अवस्थामा पूठानका कृष्णध्वज खड्का, बाँकेकी कृष्णा केसी, बर्दियाका तिलकराम शर्माको नाम अग्रभागमा रहेको छ भने ईन्द्रजित थारुको पनि मन्त्री बन्ने सूचीमा नाम रहेको छ ।

माओवादी क्याम्पका बादल समूहमा रहेका मुख्यमन्त्री केसीले बाँकेका इन्द्र प्रसाद खरेललाई मन्त्री बनाउने चाहना राख्न सक्ने पनि पार्टीमा आंकलन गरिएको छ । कृष्णा केसी नमुनालाई मन्त्री बनाउन पार्टी हेडक्वाटरको निर्देशन रहेको समेत माओवादीमा चचर्चा रहेको छ ।
त्यस्तै नेकपाबाट निर्वाचित सांसद बिमला वली पनि नयाँ सरकारको मन्त्री बन्ने नेताहरु बताउँछन । उनलाई मन्त्री दिने गठबन्धनले बताएपछि एमाले छाडेर माओवादी रोजेको बताइएको छ ।

कांग्रेसमा मन्त्रीका आंकाक्षी धेरै
कांग्रेसमा पनि मन्त्रीका आकाक्षी धेरै देखिएका छन् । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन । कांग्रेसमा प्रमुुख सचेतक फकरुद्धिन खाँन मन्त्रीको दावेदार हुन । उनी रुपन्देहीबाट निर्वाचित सांसद हुुन । त्यस्तै दाङका डिल्ली बहादुर चौधरी पनि मन्त्री बन्ने निश्चित जस्तै छ । चौधरीलाई पार्टी सभापति देउवाको आशिर्वाद रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

चौधरीलाई पार्टीको तर्फबाट नेतृत्व गराउँदै आन्तरिक मामिला तथा कानून मन्त्री बन्ने बताइएको छ । उनी प्रदेशसभाको सार्वजनिक लेखा समितिको सभापति समेत हुुन । त्यस्तै पाल्पाका वीरबहादुर राना, रुपन्देहीबाट रमा अर्याल, कांग्रेस सचेतक निर्मला क्षेत्री पनि मन्त्रीको आकांक्षी छन । अर्याल र क्षेत्री रुपन्देही र अर्घाखाँचीका समानुपातिका सांसद हुुन । त्यस्तै रुपन्देहीमा अष्टभुजा पाठक, बसी उद्धिन खाँ पनि मन्त्री बन्ने नेताहरुसँग लबिङ गरिहेका छन् ।

जसपाका सबै सांसदलाई मन्त्री

जसपाका सबै सांसद मन्त्री बन्ने निश्चित जस्तै छ । जसपामा अहिले ३ जना सांसद छन । पार्टीको निर्णय बिपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी ३ मन्त्रीको सांसद पद रिक्त भईसकेको छ । अहिले जसपा सांसदीय दलका नेता सहस्रराम यादव, प्रमुुख सचेतक पुर्मती ढेंगा र सांसद सुुमन शर्मा रायमाझी मन्त्री बन्नेछन । शर्मा पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन । तर उनले डेढ महिनामै राजीनामा दिएर पार्टीका संस्थापन पक्षमा लागेपछि सांसद पद जोगिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : ५० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल