२० असार २०८३, शनिबार | July 4, 2026

समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस नेता तथा कार्यकर्ताद्वारा देउवा निवास बूढानिलकण्ठ अगाडि प्रदर्शन



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन ।

समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेसका नेता तथा कार्यकर्ताले देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि प्रदर्शन गरेका हुन ।

प्रदर्शनका क्रममा उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै त्यसलाई सच्याउनुपर्ने मागसमेत गरेका छन । उनीहरुले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् । उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने भएका छन ।

आगामी भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको १४ औं महाधिवेशन गर्ने कार्यतालिका बनाइए पनि सो समयमा हुने सम्भावना लगभग टरिसकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ३२ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार