१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दौरा सुरुवालमा ठाँटिएका मुख्यमन्त्री केसीको ‘न्यू लुक्स’, समर्थकहरु मास्क नलगाई सपथ समारोहमा (फोटोफिचर)



बुटवल । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तामझामका साथ सपथ खाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसी र उनका क्याबिनेट मन्त्रीहरुले सपथ खाएका छन् । यसअघि अन्य प्रदेशमा सपथ खाँदा अन्य दलका नेताहरु दौरा सुरुवालमा ठाँटिएर आएपनि माओवादीबाट मन्त्री हुनेहरु सामान्य पोशाकमा उपस्थित हुने गरेका थिए । तर आजको सपथ ग्रहणमा भने मुख्यमन्त्री केसी स्वयं दौरा सुरुवालमा ठाँटिएर सपथ लिन पुगेको थिए ।

प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री केसी दुबै दौरा सुरुवालमा सपथ ग्रहणमा उपस्थित भएका थिए । मुख्यमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेका कृष्णध्वज खड्का पनि दौरा सुरुवालमै सपथ खान पुगेका थिए । तर जसपा नेता सहर्षराम यादवले भने समान्य पाईण्ट र आस्कोटमा सपथ लिए । जसपाकी अर्की मन्त्री पुर्मती ढेंगा पनि जातीय पहिचानको मगर पोशाकमा सपथ लिन पुगेकी थिईन् । सपथग्रहण समारोहमा प्रदेशसभाका सभामुख पुर्ण घर्ती भने टाईसुटमा उपस्थित भएका थिए

निवर्तमान बनेका एमाले संसदीय दलका नेता शंकर पोखरेल भने संसद सहित सपथमा पनि सहभागी भएनन् । सपथग्रहण समारोहमा सांसदहरु भन्दा पार्टी समर्थक र कार्यकर्ताहरुको ठुलो भिड लागेको थियो । कोरोना माहामारीले नयाँ स्वरुप ग्रहण गर्न थाल्दा समेत सपथमा उपस्थित नागरिकहरुले मास्क समेत लगाएका थिएनन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्