६ श्रावण २०८३, बुधबार | July 23, 2026

दौरा सुरुवालमा ठाँटिएका मुख्यमन्त्री केसीको ‘न्यू लुक्स’, समर्थकहरु मास्क नलगाई सपथ समारोहमा (फोटोफिचर)



बुटवल । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तामझामका साथ सपथ खाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसी र उनका क्याबिनेट मन्त्रीहरुले सपथ खाएका छन् । यसअघि अन्य प्रदेशमा सपथ खाँदा अन्य दलका नेताहरु दौरा सुरुवालमा ठाँटिएर आएपनि माओवादीबाट मन्त्री हुनेहरु सामान्य पोशाकमा उपस्थित हुने गरेका थिए । तर आजको सपथ ग्रहणमा भने मुख्यमन्त्री केसी स्वयं दौरा सुरुवालमा ठाँटिएर सपथ लिन पुगेको थिए ।

प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री केसी दुबै दौरा सुरुवालमा सपथ ग्रहणमा उपस्थित भएका थिए । मुख्यमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेका कृष्णध्वज खड्का पनि दौरा सुरुवालमै सपथ खान पुगेका थिए । तर जसपा नेता सहर्षराम यादवले भने समान्य पाईण्ट र आस्कोटमा सपथ लिए । जसपाकी अर्की मन्त्री पुर्मती ढेंगा पनि जातीय पहिचानको मगर पोशाकमा सपथ लिन पुगेकी थिईन् । सपथग्रहण समारोहमा प्रदेशसभाका सभामुख पुर्ण घर्ती भने टाईसुटमा उपस्थित भएका थिए

निवर्तमान बनेका एमाले संसदीय दलका नेता शंकर पोखरेल भने संसद सहित सपथमा पनि सहभागी भएनन् । सपथग्रहण समारोहमा सांसदहरु भन्दा पार्टी समर्थक र कार्यकर्ताहरुको ठुलो भिड लागेको थियो । कोरोना माहामारीले नयाँ स्वरुप ग्रहण गर्न थाल्दा समेत सपथमा उपस्थित नागरिकहरुले मास्क समेत लगाएका थिएनन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ०४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क