११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट  बीच सम्झौता



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (NBI) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आ.ब. २०७८/०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्धेश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए ।

इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले बैंकिङ्ग क्षेत्रमा भएको ज्ञानको कमीलाई पुरा गरेको जनाए ।

उनले निकट भविष्यमा नै एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीसंँग मिलेर बैंकिङ्ग तथा वित्तीय विषयमा एकवर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम शुरु गर्ने समेत जानकारी दिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने सिकाइ तथा विकास विभागका विभागीय प्रमुख दीपकराज न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतद्धय देवेश प्रसाद लोहनी, देवेन्द्र रमण खनाल, मानव संशाधन विभागका प्रमुख भीमप्रसाद घिमिरे, कम्पनी सचिव भोलानाथ पौडेल, नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : ३४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान