१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी



बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका(२ बस्ने २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो ।

चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।

उनका अनुसार बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको छ ।

यही असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । त्यसमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ४ : ५७ बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय