२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते



धनगढी । कैलालीको धनगढीबाट डडेल्धुरातर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन ।

गएराती से १ ख ८५१ नम्बरको ट्रक कैलालीको गोदावरीमा दुर्घटना भएको हो । दुर्घटनामा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका बासिन्दा हुन । उनी सरसामान लगेर धनगढीबाट डडेल्धुरा जाँदै थिए ।

उनी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय जनाएको छ ।

दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन । उनी ट्रकका सहचालक हुन ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २५ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो