२३ भदौ २०८३, मंगलबार | September 8, 2026

‘मिस्टर कोर्न’ अव रुपन्देहीको मणिग्राममा, मकैका दर्जनौ परिकार एकैठाँउमा खान पाईने



बुटवल । भेज पारखीहरुलाई लक्षित गरि मिस्टर कोर्नको पाचौ शाखा रुपन्देहीको मणिग्राममा खुल्ने खुल्ने भएको छ। मकैको स्पेशल आईटमसंगै भेज मिटका विभिन्न परिकार खुवाउने गरि मिस्टर कोर्नको शाखा खोल्ने तयारी गरेको हो ।

भारतिय आर्मिमा सेवा निर्वारत भएका राजन श्रेष्ठ नेपाल फर्किए पछि रेष्टुरेन्ट ब्यवसायमा हात हालेका हुन् । गुड डु द भेगन क्राउनको फ्रेन्चाईचिज लिएर मिष्टर कर्न संचालन गरेका निश्चल जोशीको सम्पर्कमा श्रेष्ठ आएसँगै राजनको सपना पूरा भएको उनले बताए । यस क्षेत्रमा सन्देश दिने खालको एउटा उत्कृष्ट रेष्टुरेन्ट चलाउने योजना अनुसार उनले मिस्टर कर्नको शुरुवात गरेका हुन् ।

बुटवलका राजन श्रेष्ठले तिलोत्तमा ५, मणिग्राममा फ्रेन्चाईचि शुरु गरेका छन। यसका लागि उनले ३५ लाख रुपैया खर्च गरेर आकर्षण सजावट समेत गरेका छन। भेज बाईट बर्गर, भेज चिकन टिक्का, भेज सुकुटी साधेको, भेज बाईट छोयला, भेज बाईट करि, भेज चिकन करी, भेज भाईट मम, क्रिस्फि फाईड, बर्गर लगायतका आईटम उपलब्ध हुनेछ । यसैगरि स्विट कर्न चटपटे, कर्न सलाद, कर्न मम, कर्न फ्रिटर, बेकि कर्न चिल्ली लगायत २५ बढि परिकारहरु उपलब्ध हुने उनले बताए । मणिग्रामको आउटलेटमा ६ जना कर्मचारीले सेवा दिने उनले बताए ।

काठमाण्डुमा ४ वर्षअघि मास्टर फ्रेचाईन्ची गुड डु द भेगन किचन भारतबाट लिएर उनी नया आईटम चखाउन शुरु गरेका हुन् । श्रेष्ठको योसंगै गुड डु द भेगन किचन र मिष्टर कर्न गरि दुई वटा किचन आईटमहरु छन। यसमा साढे २ करोड खर्च भएको उनले बताए ।

नेपालको मकै उपयोग गर्ने गरि योजना बनाएको बताउँदै उनले त्यसैका लागि लोकल मकै बारबिक्यु बनाउने तयारी गरिएको बताए। आउटलेट, फैक्ट्री हुँदै अव कृषितिर जाने योजना रहेको उनले बताए। अलि राम्रो उन्नत जातको बीउ ल्याएर किसानमार्फत खेति गर्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ४ : ४९ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा