७ आश्विन २०८३, बुधबार | September 23, 2026

दिल्लीका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर



नयाँ दिल्ली, भारत । दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ ।

दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर)द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण-पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ । उनीहरूमध्ये २५% बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

डीसीपिसीआरले जुलाईमा दिल्लीको दक्षिण र दक्षिणपश्चिम जिल्लाका ३० वटा बालआश्रमहरूमा सर्वेक्षण गरेको थियो । सर्भेक्षणमा ६-१८ वर्षका ४०० बालबालिकालाई समावेश गरिएको थियो । सर्वेक्षण गरिएकाहरूमध्ये अधिकांश १२-१८ वर्षका थिए ।

दिल्लीभरि लगभग १०० वटा बाल स्याहार गृहहरू रहेका छन् । सरकारले अनाथ तथा आश्रयविहीन बालबालिकाको हेरचाह गर्नुका साथै उनीहरूको जीवन र शिक्षाको प्रबन्ध मिलाइदिन्छ ।

सर्भेक्षण रिपोर्टले दिल्लीका यी बाल स्याहार गृहमा रहेका १८ प्रतिशत बालबालिकाले हिन्दी वर्णमाला लाई चिन्न नसकेको र ३७.५ प्रतिशतले हिन्दी कथाहरू राम्ररी पढ्न नसकेको देखाएको छ । गणितको ज्ञानको सन्दर्भमा यी बालबालिकाको स्तर झनै चिन्ताजनक रहेको अध्ययनले देखाएको छ ।

यहाँका ५५ प्रतिशत बालबालिकाले मात्र दुई अङ्क पढ्न वा पहिचान गर्न सक्छन् । तथापि, दिल्लीभरिका सबै बाल-स्याहार गृहको अवस्था भने यस्तो नभएको अध्ययनमा उल्लेख गरिएके छ ।

एएनआईसँग कुरा गर्दै डिसीपिसीआर अध्यक्ष अनुराग कुन्डुले चाइल्ड केयर होमका बालबालिकाको अवस्थाबारे भन्नुभयो, “हामी निरन्तर रूपमा यी बालबालिकाको शिक्षा स्तर उकास्ने काम गरिरहेका छौं ।

हामीले बालगृहहरूको वर्तमान स्थिति र शिक्षाको स्तरबारे थाहा पाउन र सुधारका काम गर्न सकियोस् भनेर यो सर्वेक्षण गरिएको हो । उनले समस्या भएका बालगृहको शैक्षिक वातावरणलाई सुधार गर्दै अघि बढ्न बालगृह प्रशासन, शिक्षक तथा सरकारी अधिकारीबीच समन्वय हुनु आवश्यक देखिएको उनको भनाइ रहेको छ । एएनआई

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ०४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई