१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दिल्लीका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर



नयाँ दिल्ली, भारत । दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ ।

दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर)द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण-पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ । उनीहरूमध्ये २५% बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

डीसीपिसीआरले जुलाईमा दिल्लीको दक्षिण र दक्षिणपश्चिम जिल्लाका ३० वटा बालआश्रमहरूमा सर्वेक्षण गरेको थियो । सर्भेक्षणमा ६-१८ वर्षका ४०० बालबालिकालाई समावेश गरिएको थियो । सर्वेक्षण गरिएकाहरूमध्ये अधिकांश १२-१८ वर्षका थिए ।

दिल्लीभरि लगभग १०० वटा बाल स्याहार गृहहरू रहेका छन् । सरकारले अनाथ तथा आश्रयविहीन बालबालिकाको हेरचाह गर्नुका साथै उनीहरूको जीवन र शिक्षाको प्रबन्ध मिलाइदिन्छ ।

सर्भेक्षण रिपोर्टले दिल्लीका यी बाल स्याहार गृहमा रहेका १८ प्रतिशत बालबालिकाले हिन्दी वर्णमाला लाई चिन्न नसकेको र ३७.५ प्रतिशतले हिन्दी कथाहरू राम्ररी पढ्न नसकेको देखाएको छ । गणितको ज्ञानको सन्दर्भमा यी बालबालिकाको स्तर झनै चिन्ताजनक रहेको अध्ययनले देखाएको छ ।

यहाँका ५५ प्रतिशत बालबालिकाले मात्र दुई अङ्क पढ्न वा पहिचान गर्न सक्छन् । तथापि, दिल्लीभरिका सबै बाल-स्याहार गृहको अवस्था भने यस्तो नभएको अध्ययनमा उल्लेख गरिएके छ ।

एएनआईसँग कुरा गर्दै डिसीपिसीआर अध्यक्ष अनुराग कुन्डुले चाइल्ड केयर होमका बालबालिकाको अवस्थाबारे भन्नुभयो, “हामी निरन्तर रूपमा यी बालबालिकाको शिक्षा स्तर उकास्ने काम गरिरहेका छौं ।

हामीले बालगृहहरूको वर्तमान स्थिति र शिक्षाको स्तरबारे थाहा पाउन र सुधारका काम गर्न सकियोस् भनेर यो सर्वेक्षण गरिएको हो । उनले समस्या भएका बालगृहको शैक्षिक वातावरणलाई सुधार गर्दै अघि बढ्न बालगृह प्रशासन, शिक्षक तथा सरकारी अधिकारीबीच समन्वय हुनु आवश्यक देखिएको उनको भनाइ रहेको छ । एएनआई

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ०४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान